• १२ असार २०८१, बुधबार

बाबुको अन्त्येष्टि गरेर फर्कदैँ गर्दा छोराको पनि मृत्यु

blog

कृतबहादुर बिष्ट

फूलबारी (कैलाली), जेठ ११ गते । सामाजिक सुरक्षा भत्ता बुझ्न भएका एक वृद्धको मृत्यु भएको  छ । कैलाली धनगढी १८ फूलवारीका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो । भत्ता बुझ्न धनगढी उपमहानगरपालिका १८ को वडा कार्यालय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उहाँ सामाजिक सुरक्षा बुझ्न लाममा बसेका बेला एका एक ढल्नुभएको थियो । उहाँ दम र मधुमेह रोगको पीडित रहेको धनगढी १८ का वडा अध्यक्ष भुवन रिजालले जानकारी दिनुभयो । उहाँकोे  मृत्यु भएको २४ घण्टा नबित्दै बुधबार ६० वर्षीय छोरा लिलाराम चौधरीको समेत मृत्यु भएको हो ।

लिलाराम बुवाको अन्तिम दाहसंस्कार गरेर फर्किने बितिक्कै मृत्यु भएको वडा अध्यक्ष रिजालले जानकारी दिनुभयो । लिलाराम पनि केही दिनदेखि बिरामी अवस्थामै रहेको बताइएको छ  ।