• ६ माघ २०८१, आइतबार

डा. थापाको तन्त्र र मन्त्र विज्ञान हिन्दी भाषामा

blog

काठमाडौँ, माघ ६ गते। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाद्वारा लिखित तन्त्र विज्ञान र मन्त्र विज्ञान पुस्तक हिन्दी भाषामा अनुवाद भएको छ। 

नेपालमा सर्वाधिक बिक्री भएका डा. थापाका दुवै पुस्तकलाई हिन्दीमा एउटै पुस्तक ‘तन्त्र र मन्त्र विज्ञान’ प्रकाशन गरिएको हो।

डा. थापाको हिन्दीमा अनुवाद गरिएको पुस्तक धार्मिक अभियन्ता गुरु बाबा कालीदास स्वामी कृष्णानन्द परमहंसले मुम्बईमा आयोजित दस महाविद्या विष्णु सहस्त्र कोटी हवन महायज्ञमा लोकार्पण गर्नुभयो।

पुस्तक लोकार्पण गर्दै काली बाबाले ध्यान, ज्ञान र विज्ञानलाई संश्लेषित रूपमा पुस्तकमा समावेश गरिएको बताउनुभयो। 

उहाँले नेपाललाई धार्मिक पर्यटनको केन्द्र बनाउन आह्वान गर्दै पर्यटनकै माध्यमबाट आर्थिक रुपान्तरणको नविन अध्याय आरम्भ गर्न सकिने बताउनुभयो।

लेखक डा. थापाले नेपालको साधना र अध्ययनमार्फत प्राप्त ज्ञानलाई पुस्तकमा समावेश गरिएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “तन्त्र विज्ञान र मन्त्र विज्ञान दुई वटा पुस्तक हुन्। हिन्दी भाषामा एउटै पुस्तक प्रकाशन भएको छ। समाजका सबै वर्गलाई यो पुस्तक लाभदायक छ।” 

उहाँले नेपाली पाठक माँझ सर्वाधित लोकप्रिय रहेका तन्त्र विज्ञान र मन्त्र विज्ञानलाई भारतमा रहेका पाठकलाई पनि लाभ मिल्ने भएकाले हिन्दी भाषामा अनुवाद गरिएको बताउनुभयो। उक्त पुस्तक श्री हनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टरले प्रकाशन गरेको हो।