• ३ साउन २०८१, बिहिबार

बेँसीसहरको कार्यपालिका सदस्यहरु निर्विरोध

blog

बेलिना थापा

लमजुङ, जेठ ११ गते । लमजुङको बेँसीसहर नगरपालिकाको कार्यापालिका सदस्यमा आठ उम्मेदवार निर्विरोध चयन हुनुभएको छ । पालिकाको कार्यपालिका निर्वाचनका लागि  मनोनयन दर्ता गराउनु भएका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ कल्पना थापा बोहरा, बुनादेवी रिमाल, विमला न्यौपाने अधिकारी, सुकमाया गुरुङ, मनिता परियारको उम्मेदवारी परेको छ । 

दलित तथा अल्पसङ्ख्यकबाट हिरालाल विश्वकर्मा, श्रीनाथ सार्की र सुकमाया घर्तीको उम्मेदवारी परेको छ । सबै सदस्य सर्वसम्मत हुनुभएपछि उहाँहरुलाई अर्को कार्यक्रममा प्रमाणपत्र प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

गठबन्धन दलहरुले मनोनयन दर्ताको समयसम्म उम्मेदवारी दर्ता नगराएको सो कार्यालयले जनाएका छ । मनोनयन दर्ताको समय विहान १० बजेदेखि ३ः३० बजेसम्म तोकिएको थियो । गठबन्धनको तर्फबाट उम्मेदवारी नआएपछि एमालेका उम्मेदवार निर्विरोध हुनुभएको सो कार्यालयले जनाएको छ । कार्यपालिका निर्वाचन जेठ १७ गतेका लागि तय गरिएको छ ।