• ६ माघ २०८१, आइतबार

बलिदानी दिवसमा जनकपुर धाममा एक लाख दीप प्रज्वलन

blog

बलिदानी दिवसमा जनकपुर धाममा एक लाख दीप प्रज्वलन । तस्बिर : न्युज एजेन्सी नेपाल

जनकपुर, माघ ५ गते । मधेस प्रदेश सरकारद्वारा शनिवार साँझ बलिदानी दिवसको अवसर पारेरजनकपुर धाममा एक लाख दीप प्रज्वलन गरिएको हो । आयोजित दीप प्रज्वलन कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी सहभागी हुनुहुन्थ्यो । 

सो अवसरमा बोल्दै लेखीले माघ ५ गते बलिदानी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको र आज एक लाख दीप प्रज्वलन गरेको बताउनु भयो । उहाँले वीर शहीद योद्धाहरुप्रति सम्मान व्यक्त गर्न दीप प्रज्वलनको कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

शहीद परिवारका सदस्यहरुलाई सम्मान 


 यसैगरी, मधेस प्रदेश सरकारले शहीद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ ।  मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मधेसी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गर्दै शहीद परिवारलाई सम्मान गरेको हो । 

सो अवसरमा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शहीद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने बताउनु भयो । उहाँले मधेसलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताउनु भयो । शहीद परिवारका सम्पूर्ण सदस्यको बमिा गर्ने कार्यक्रम शुरु गरेको बताउनु भयो ।  कार्यक्रममा शहीद परिवारका सदस्य तथा जिउँदो शहीदहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।