काठमाडौं, माघ २ गते । नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक सुरु भएको छ । बुधबार बिहान माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरुको बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीलगायत दलका नेताहरुको सहभागिता छ ।