• १२ असार २०८१, बुधबार

मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम पारित

blog

फाइल फाेटाे

काठमाडौं,  जेठ १० गते । मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिनुभयो । 

मन्त्री रेग्मीकाअनुसार मङ्गलबार विहान बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे बस्ने संसद बैठकमा पेश हुनेछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट आउँदैछ ।