• २४ पुस २०८१, बुधबार

खाद्य व्यवस्था लिमिटेडको साधारणसभा पुस २९ मा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच वर्षपछि पहिलो वार्षिक साधारणसभा कार्यक्रम गर्नेभएको छ । सो लिमिटेडले सोमबार विज्ञप्ति जारी गर्दै पुस २९ गते साधारणसभा गर्ने जनाएको हो ।

काठमाडौंमा गरिने सो साधारणसभा यसअघि पुस २७ गते गर्ने भनिएको थियो । तर विशेष कारणले दुई दिन ढिलोगरी २९ गते सोमबार गर्ने लिमिटेडका पदाधिकारीहरुको भनाइ छ । सोअघि पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको थियो । 

सो कम्पनीमा नेपाल सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको शेयर रहेको छ । साधारणसभाले कम्पनीको नियमावली समेत संशोधनका लागि अनुमोदन गर्ने बताइएको छ ।