• २० पुस २०८१, शनिबार

‘समाज परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी’

blog

धरान समाचारदाता 

धरान, पुस १८ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको पदस्थापन कार्यव्रmमलाई धरानमा सम्बोधन गर्दै डा. कोइरालाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल हे¥यो भने नकारात्मक र निराशा मात्र देखिन्छ तर देशमा राम्रा काम पनि भएका छन् ।” उहाँले सञ्चार माध्यमले गाउँटोलमा भएका राम्रा कुराको पनि समाचार बनाइदिए समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । 

मुलुकमा आर्थिक मन्दीका बिच पनि भौतिक संरचनाको विकासले गति लिएको उहाँको भनाइ छ । वरिष्ठ नेता कोइरालाले भन्नुभयो, “देशमा केही नभएको होइन, भइरहेको छ । राम्रो कामलाई नकारात्मकताले थिचेको छ ।” उहाँँले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकारबाट जनताले धेरै आशा गरेका र अहिलेकोे सरकार विशेष परिस्थिति एवं निश्चित लक्ष्य लिएर बनेको पनि स्पष्ट पार्नुभयो । नेता कोइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता बढ्ने र लामो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र खतरामा पर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले निष्पक्ष र सत्यतथ्यमा आधारित भएर कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।