• १२ असार २०८१, बुधबार

पहिलो सन्तान छोरी जन्माउनेलाई एक हजार भत्ता

blog

गोकर्ण दयाल
बैतडी, जेठ ८ गते।
कर्मचारीबाट राजीनामा दिएर बैतडीको पाटन नगरपालिका-१० को वडा अध्यक्षमा विजयी हुनुभएका वडा ध्यक्षले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ। 

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर विजयी हुनुभएका वडा अध्यक्ष धनबहादुर कुवँरले आइतबार पदभार ग्रहण गरेकै दिन छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता निर्णय गर्नुभएको हो। 

पदभार ग्रहण गर्दै लैङ्गिक असमानता हटाउन पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप एक हजार रुपियाँ प्रदान गर्ने निर्णय भएको वडाध्यक्ष धनबहादुर कुँवरले बताउनुभयो। 

वडाध्यक्ष कुँवरले भन्नुभयो, “समाजमा अहिले पनि महिला र पुरुषबीच विभेद छ। छोरी जन्मेकै कारण महिलामाथि लैङ्गिक हिंसा हुने गरेको छ। महिला पुरुष बराबरी हुन् भन्ने सन्देश दिन छोरी जन्माउने महिलालाई प्रोत्साहन भत्ता दिने निर्णय गरेका हौं।”

छाउपडी भएका बेला अहिले पनि ग्रामीण क्षेत्रमा अछुतको व्यवहार हुने गरेको भन्दै वडा अध्यक्ष कुँवरले समाजमा हुने सबै खाले विभेद अत्यका लागि आफ्नो कार्यकालमा दत्तचित्त भएर लाग्ने बताउनुभयो। 

वडाध्यक्षमा विजयी हुनुभएका कुँवर यसअधि बैतडीको पाटन नगरपालिका-१० को प्राविधिक शाखामा कार्यरत हुनुहुन्थ्यो।  दुई दशकभन्दा बढी लामो समय नेपाल सरकारको कर्मचारी भएर राष्ट्रको सेवा गरेपछि जनताको सेवा गर्न राजनीतिमा होमिएको कुँवरले बताउनुभएको छ।