• ७ जेठ २०८१, सोमबार

स्थानीय तह निर्वाचन : ६९२ पालिकाको नतिजा सार्वजनिक

blog

काठमाडौं, जेठ ७ गते। स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ६९२ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३०५ पालिका जितेको छ भने नेकपा (एमाले)ले १८८ पालिका जितेको छ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)ले १२० पालिका जित्दा नेकपा (एकीकृत समाजवादी)ले नौ, जनता समाजवादी पार्टीले १९ र अन्य पार्टीले ५१ पालिका जितेका छन्।

शनिबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्क अनुसार नेपाली कांग्रेसले १२१ पालिकामा प्रमुख पद जितेको छ भने १६ पालिकामा अग्रता लिएको छ।

यस्तै, नेकपा (एमाले)ले ६७ पालिकामा प्रमुख पद जितेको छ भने १४ पालिकामा अग्रता लिएको छ। नेकपा (माओवादी केन्द्र) ले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) ले नौ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता कायम गरेको छ। 

यस्तै, अन्य पार्टीले २४ पालिकामा प्रमुख पद जितेको छ भने १२ पालिकामा अग्रता बनाएको छ।

गाउँपालिकातर्फ कांग्रेसले १८४ पालिकामा अध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ। एमालेले १२१ पालिकामा अध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अग्रता लिएको छैन। 

जनता समाजवादी पार्टी (जसपा)ले १९ पालिकामा अध्यक्ष पद जितेर तीन पालिकामा अग्रता लिएको छ। यस्तै, अन्य पार्टीले २७ पालिकामा अध्यक्ष पद जितेको भने चार पालिकामा अग्रता लिएको छ।

यस्तै, कांगेसले ९४ पालिकामा उपप्रमुख पद जितेको छ भने १६ पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले ९० पालिकामा उपप्रमुख पद जितेको छ भने १९ पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ३२ पालिकामा उपप्रमुख पद जितेर चार पालिकामा अग्रता लिएको छ। जनता समाजवादीले नौ पालिकामा उपप्रमुख पद जितेर तीन पालिकामा अग्रता कायम राखेको छ। अन्यले २० पालिकामा उपप्रमुख पद जितेका छन् भने चार पालिकामा अग्रता लिएका छन्।

यस्तै, कांग्रेसले १८७ पालिकामा उपाध्यक्ष पद जितेको छ भने तीन पालिकामा अग्रता बनाएको छ। एमालेले १२२ पालिकामा उपाध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको  छ।

माओवादी केन्द्रले ९३ पालिकामा उपाध्यक्ष पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ। जनता समाजवादी पार्टीले १८ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता बनाएको छ।

अन्यले २७ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने दुई पालिकामा अग्रता लिएका छन्। यस्तै, कांग्रेसले दुई हजार ५०८ वटा वडामा अध्यक्ष जितेर ११ वटा वडामा अग्रता लिइरहेको छ।

एमालेले दुई हजार आठ वटा वडा जित्दा ११ वडामा अग्रता लिइरहेको छ। नेकपा (माओवादी केन्द्र)ले एक हजार २६ वटा वडामा अध्यक्ष जितेको छ। दुई वटा वडामा उसले अग्रता लिइरहेको छ।

यस्तै, जनता समाजवादी पार्टीले २६४ वटा वडामा अध्यक्ष जितेको छ भने चार वटा वडामा अग्रता लिइरहेको छ। अन्यले ५५३ वटा वडा जितेका छन् भने तीन वटामा अग्रता लिएका छन्।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।