• २० असोज २०८१, आइतबार

गौतम बुद्ध विमानस्थल

श्रमिकलाई सेवा दिने तयारी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ ८  गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा दिने तयारी थालेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली शुक्रबार भैरहवा गएर आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । 

श्रम मन्त्रालयका अनुसार भैरहवामा वैदेशिक रोजगारीसम्बन्धी कार्यालयका साथै वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाको छिट्टै विस्तार गर्ने योजना छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले कुवेत–भैरहवा व्यावसायिक उडान सुरु गरिसकेको छ । खाडीका अन्य श्रम गन्तव्य देश साउदी र कतारबाट पनि उडान भर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

नयाँ श्रम स्वीकृति, म्यानपावर कम्पनी र अभिमुखीकरण तालिम दिने संस्थालगायत काठमाडौँ मात्रै केन्द्रित भएकाले भैरहवा हुँदै वैदेशिक रोजगारीमा जानेहरू काठमाडौँ आउन पर्ने बाध्यता छ ।