• २ पुस २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २ गते । सरकारले सोमबारदेखि सप्ताहव्यापी रूपमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउने भएको छ । 

विदेशमा काम गर्न जाँदा आप्रवासी श्रमिकमाथि पारिश्रमिक अन्य सेवा सुविधा, न्यूनतम मानव अधिकार विदेशी नागरिक भएका कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस मनाउने गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  ‘सुरक्षित आप्रवासनको आधार, सूचना र सिपसहितको रोजगार’ भन्ने मूल नाराका साथ यस पटकको दिवस मनाउन लागिएको छ ।

आप्रवासी श्रमिकको हकहितका लागि विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनले समेत वकालत गर्दै आएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइएमओ), मानव अधिकार आयोगलगायत सङ्घसंस्थाले अन्तर्राष्ट्रिय रूपमा नै श्रमिकको हक अधिकारका लागि वकालत गर्दै आएका छन् ।