• २० मंसिर २०८१, बिहिबार

वनमन्त्रीद्वारा मुगु भीई गुरा देउताको मन्दिर शिलान्यास

blog

वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी प्रसिद्ध मुगु भीई प्रशिद्ध गुरा देउताको मन्दिर शिलान्यास गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौ, मंसिर १९ गते । नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुगु भीई प्रशिद्ध गुरा देउताको मन्दिर शिलान्यास गर्नुभएको छ । जिल्ला भ्रमणको सिलसिलामा बुधबार दुर्गम बस्ती भीई गाउँ पुगेर मन्त्रीले प्रशिद्ध गुरा देउताको मन्दिर शिलान्यास गर्नुभएको हो । 

प्राचिन धार्मिक पौराणीक ऐतिहासिक महत्व रहेको गुरा देउता मन्दिर अब आधुनिक कलात्मक शैलीमा निर्माण कार्य अघि बढाउन मन्त्रीले धामी डन्ग्री र स्थानीयलाई सुझाव दिएका छन् । करिव १३ औं शताब्दी अघिको उक्त मन्दिर जीर्ण हुँदै गएपछि वनमन्त्रीको पहलमा यो चालु आर्थिक बर्षमा संघीय सरकार वाट १ करोडभन्दा बढी बजेट बिनियोजन गर्न लगाएपछि मन्दिर जिर्णोद्वारको काम अघि बढेको छ । 

धेरै समयपछि गुरा देउताको मन्दिर जिर्णेद्वार हुन थालेपछि भीई गाउँका धामी डान्ग्री र सर्वसाधारण स्थानीय खुशी भएका छन् । सीमित भीई गाउँका स्थानीय मात्र नभएर गुरा देउताप्रति आस्थावान स्थानीयको मनमा खुशी छाएको छ । धेरै बर्षपछि गुरा देउताको मन्दिर जिर्णोद्वार हुन लागेको सोरु गाउँपालिका ३ भीई गाउँका वडाअध्यक्ष सिहबहादुर धामीको भनाइ छ । 

१३ औ शताब्दी अघिको गुरा देउताको मन्दिर डिपीआर बमोजिम कलात्मक तरिकाले निर्माण गरिने बताइएको छ । हरेक बर्षको भदौंदेखि असोज महिनाभित्र पर्ने नवमी मेलामा बिभिन्न जिल्ला गाउबस्तीबाट भक्तजनको घुइँचो लाग्ने गरेको छ । 

चिताएको वर प्राप्त हुन्छ भन्ने हेतुले टाढा–टाढाबाट भक्तजनहरु नवमी मेलामा बोका भृटीघण्ट अक्षेता बोकेर दर्शन गर्न आउने गरेका छन् । मन्दिर शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मञ्जनबहादुर कार्की, सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीको सहभागी हुनुहुन्थ्यो ।