• ४ पुस २०८१, बिहिबार

जिल्ला प्रसाशन कार्यालय सुनसरीलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

blog

सामीका धिरज भट्टराईले प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गर्नुहुँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर १८ गते । सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा इनरुवा नगरपालिकामार्फत जिल्ला प्रशासन कार्यालय सुनसरीलाई एक थान स्मार्ट टेलिभिजन  हस्तान्तरण गरेको छ । 

जिल्ला प्रसाशन कार्यलयमा राहदानी बनाउन आउने सेवाग्राहीलाई वैदेशिक रोजगारी बारे सूचना सन्देश प्रदान गर्ने उदेश्यका साथ प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको हो । 

जिल्ला प्रशासन कार्यालय सुनसरीको परिसरमा आप्रवासी स्रोत केन्द्र (एमआरसी) र राहदानी वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत उपकेन्द्र सञ्चालनमा रहेको सामीका धिरज भट्टराईले जानकारी दिनुभयो । आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श, कानूनी परामर्श तथा सहयोग, गन्तव्य मुलुकबाट स्वदेश फिर्ती तथा उद्धार, आर्थिक सहयताका लागि सहजीकरण, सीप विकास तालिमका लागि समन्वय जस्ता सेवा प्राप्त गर्न सकिने भएकोले त्यसलाई समेत ध्यानमा राखी स्मार्ट टेलिभिजन  हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रसाशनमा रहेको आप्रवासी स्रोत केन्द्रले सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गरी सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सेवाहरू प्रदान गर्ने गर्दछ । सुनसरीको धरान र इटहरी उपमहानगरपालिका,  इनरुवा नगरपालिका र भोक्राहामा कार्यक्रम सञ्चालनमा रहेको र यसै वर्षबाट कोशी, देवानगञ्ज र गढी गाउँपालिकामा पनि सेवा विस्तारको प्रक्रिया अगाडि बढिसकेको भट्टराईले जानकारी दिनुभयो ।