कोकिला ढकाल
इलाम, मङ्सिर १८ गते । धनकुटाकी निरुता खड्कालाई अहिले बिरुवाको ग्राफ्टिङ कसरी गर्ने भन्ने सिकाइ महìवपूर्ण लागेको छ । एउटा बिरुवाको जरापट्टिको भाग र अर्को बिरुवाको टुप्पोतिरको मिलाएर ग्राफ्टिङ गर्दा नयाँ बिरुवा बन्छ भन्ने सिकाइ निरुतासँगै अरू विद्यार्थीलाई पनि उस्तै महìवपूूर्ण लागेको छ ।
धनकुुटाको उत्तरपानी बहुप्राविधिक शिक्षालयबाट कृषिमा तीनमहिने ‘ओजेटी’ गर्न इलामको सन्दकपुरस्थित माईपोखरी हर्बल अर्गानिक एग्रिकल्चर फार्ममा अभ्यास सिकाइ गरिरहनुभएकी खड्काले तीन महिनाको इलाम बसाइलाई उपलब्धिमूलक बनाउन पनि आफ्नो शिक्षण सिकाइलाई महìव दिइरहनुभएको छ ।
बिहान उठेदेखि बेलुकीसम्म नै कृषिका विभिन्न काम, बिरुवा रोप्ने, कटिङ गर्ने, बिउ राख्ने, प्राङ्गारिक र गँड्यौले मल बनाउने, टनेलभित्रको खेती, कुन बाली कहिले लगाउने, बाली बिरुवा कसरी लगाउने, माटो परीक्षणलगायतका विषयमा सिक्नै व्यस्त हुनुहुुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले शिक्षालयमा जस्तो सैद्धान्तिक कुरा सिक्यौँ, यहाँ आएर त्यसलाई व्यवहारमा उतार्न निकै मुस्किल र फरक भयो । सैद्धान्तिक कुरा पढ्दा त सजिलो जस्तो लाग्थ्यो तर त्यसो होइन रहेछ, कृषि विषय साँच्चै पढ्नुुपर्ने रहेछ ।” इलाम आएर अर्गानिक फार्ममा अभ्यास गर्दैगर्दा आफू पनि घर फर्किएर पढाइ सँगसँगै कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाउने हिम्मत बढेको खड्का बताउनुहुन्छ ।
ताप्लेजुुङबाट ओजेटीकै लागि आएका प्रयास लिम्बूलाई पनि यो फार्ममा गरेको अभ्यासले भविष्यलाई सहयोग गर्ने अपेक्षा राख्नु भएको छ । उहाँले भन्नुभयो, “हामीले कक्षामा जुन सैद्धान्तिक कुरा सिक्यौँ त्यो यहाँ आएर गर्दा धेरै फरक पाइयो । अहिले धेरै विद्यार्थी पढ्न र काम गर्नकै लागि विदेश जान्छन् तर हामीले यहाँ पनि काम लाग्ने विषय पढ्दा र पेसा गर्दा भविष्यमा पनि काम लाग्छ ।” यहाँ आएर तीन महिना बस्दा कृषि र पर्यटनलाई सँगै लैजाने हो भने नेपालका जुनसुकै स्थानमा पनि सम्भावना रहेछ भन्ने सिकाइ भएको लिम्बू बताउनुहुन्छ ।
इलामकै रत्नकुमार बान्तवा बहुुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी सुुस्मिता राई पनि यही फार्ममा कृषिको अभ्यास गरिरहनुभएको छ । उहाँले भन्न्ुभयो, “हाम्रो देश त्यसै पनि कृषि प्रधान देश भनिन्छ तर कृषिमा काम गर्ने दक्ष जनशक्ति छैन, हामीले कृषिमै केही गर्न सक्छौँ भनेर मैले कृषि विषय पढेँ ।” जुन लक्ष्य र उद्देश्यले पढेँ, यहाँ आएर अभ्यास गरिरहँदा कृषिमा काम गर्ने जाँगर बढेको छ । यहाँ हामीलाई अभ्यास गराउनु हुने प्रशिक्षकहरूले सिकाउनु भएको कुरा कति पनि नभुली गरिरहेका छौँ ।” राईले अरू साथी र आफूभन्दा साना भाइबहिनीलाई पनि कृषि विषयमा निकै भविष्य रहेको बताउनुभयो ।
यसरी अभ्यास सिकाइ गर्ने यो फार्मका यी विद्यार्थी त प्रतिनिधि मात्र हुुन् । अहिले देशका विभिन्न कृषि तथा प्राविधिक शिक्षालय यो फार्ममा १०५ विद्यार्थीले अभ्यास सिकाइ गरिरहेका छन् । बर्सेनि यो फार्ममा गएर अभ्यास गर्ने र परीक्षामा सामेल हुने विद्यार्थीलाई राम्रो सिकाइ गराइरहेको फार्म सञ्चालक देउकुमार राईले बताउनुभयो । राई भन्नुहुन्छ, “हामीले विद्यार्थीलाई जतिसक्दो व्यावहारिक ज्ञान दिएका छौँ । अहिले किवी टिपाई सुरु भएको छ । फल कसरी सुरक्षित ढङ्गले टिप्ने, यसको ग्राफ्टिङ कसरी गर्ने, मटरकोसा टिपाइलगायतका विषयमा अभ्यास गराइरहेका छौँ ।” फार्ममा राईसँगै किवीका अन्य विज्ञ, कृषि प्राविधिक र इलामस्थित इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डाक्टर योगेन्द्रमान श्रेष्ठले अभ्यास गराइरहनुभएको छ ।