• १८ असार २०८१, मङ्गलबार

सुनसरीको देवानगञ्जमा जसपाका मेहता, भोक्राहा नरसिंहमा काँग्रेसका आजाद

blog

विजयी हुनुभएका काँग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष आजाद

जयकृष्ण यादव 

इनरुवा, जेठ ४ गते । सुनसरीको १२ स्थानीय तह मध्ये देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टीबाट अध्यक्षका उम्मेदवार बेचन प्रसाद मेहता र उपाध्यक्षमा नेपाली काँग्रंसका उम्मेदवार कुमारी विभा यादव विजयी हुनुभएको छ । 

जनता समाजवादी पार्टीका अध्यक्ष उम्मेदवार मेहताले ६ हजार ८७४ मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसकी कुमारी विभा यादवले ६ हजार ११२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

जसपाका मेहताले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्यामलाल मेहतालाई पाँच सय १६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । श्यामलाल मेहताले ६ हजार ३५८ मत प्राप्त गरी पराजित हुनुभएको छ । 

सुनसरीको भोक्राहा नरसिंहमा काँग्रेसका आजाद विजयी   

भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छ । नेपाली काँग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा चार हजार ६०६ मत सहित नेपाली काँग्रेस अजमल अख्तर आजाद विजयी हुनुभएको छ । 

आजादले गत निर्वाचनको नेकपा एमालेका महेन्द्र प्रसाद यादवसँग पराजित हुनुभएको थियो । आजादका निकटतम प्रतिद्वन्द्वी यादवले ३२७१ मत ल्याएर पराजित हुनुभयो । 

नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिता उराँव विजयी हुनुभएको हो ।  त्यसैगरी, नेपाली काँग्रेसको तर्फबाट तीन हजार ९७४ मत सहित गाउँपालिकाको उपाध्यक्षमा सुनिता उराँव निर्वाचित हुनुभएको छ ।