• १३ साउन २०८१, आइतबार

९९ वर्षीय गुरुङद्वारा स्टेचरमा आएर पुनः मतदान

blog

अमरराज नहर्की

तनहुँ, जेठ ४ गते । तनहुँमा एक ९९ वर्षीय वृषसिंह गुरुङले स्टेचरमा आएर पुनः मतदान गर्नुभएको छ । व्यास नगरपालिकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबाट कुटपिट भएपछि रोकिएको मतदान केन्द्रमा बुधबार पुनः मतदान गर्नुभएको हो । 

व्यास नगरपालिका वडा नं. ८ को २ वटा मतदान केन्द्रमा बुधबार पुनः  मतदान गरिएको थियो । निर्वाचन आयोगको शनिबार भएको निर्णयानुसार शुक्रबार भएको मतदानलाई रद्ध गरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकाले बुधबार पुनः मतदान भएको हो । वडा नम्बर ८ को रिस्तीस्थित पुरानो गाविस भवन फेदी क र ख केन्द्रमा पुनः  मतदान भइरहेको छ । यसअघि वैशाख ३० गते पनि गुरुङले मतदान गर्नुभएको थियो । बुधबार गुरुङले दोस्रो पटक मतदान गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाका अनुसार विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म पुनः मतदान हुँदैछ ।