• १३ साउन २०८१, आइतबार

दुल्लुको नगर प्रमखमा काँग्रेसका रिजाल विजयी

blog

दुल्लु नगरपालिकामा निर्वाचित नगर प्रमुख र उप प्रमुख । तस्बिर – कमल शर्मा

कमल शर्मा

दैलेख, जेठ ४ गते । दुल्लु नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका भरतप्रसाद रिजाल निर्वाचित हुनुभएको छ रिजालले एमालेका रुद्धबहादुर शाहीलाई एक सय ३३ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । मेयरमा निर्वाचित रिजालले सात हजार ७२५ मत पाउँदा एमालेका शाहीले सात हजार ५९२ मत प्राप्त गर्नुभएको छ । 

यो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नगरपालिका र वडाहरुमा पूर्ण चुनावी गठबन्धन भएको थियो । गठबन्धन र एमालेबीच भएको प्रतिस्पर्धामा नगरको मेयर कांग्रेसले जितेको छ । नगरको उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ ।  उपमेयरमा एमालेकी विना कार्कीले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका टेकबहादुर खड्कालाई ७३ मतले पछि पार्दै  विजयी हुनुभएको हो । 

उपमेरमा निर्वाचित कार्कीले सात हजार १ सय ६० मत पाउँदा माओवादीका खड्काले सात हजार ८७ मत प्राप्त गर्नुभएको छ । दुल्लुमा २०७४ मा भएको स्थानीय तह निर्वाचनमा मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा एमालेले जितेको थियो ।