• १६ असार २०८१, आइतबार

चन्दननाथ नगरमा स्वतन्त्र उम्मेदवार कठायत र उपमेयरमा काँग्रेसका खड्का विजयी

blog

नेत्र शाही

जुम्ला, जेठ ४ गते । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका हुन् । उहाँले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुईहजार आठ सय ८ मत मत प्राप्त गरेकी छन् । 

नगरप्रमुखमा प्रत्यासी नेपाली कांग्रेसका पदमबहादुर शाहीले दुईहजार तीनसय ४१ मत प्राप्त गरेका छन् । 

नगरउप्रमुखका प्रतिस्पर्धी समाजवादीका भिमबहादुर थापाले एक हजार छ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी माओवादीका उम्मेदवार पूर्णिमा विकले एक हजार छ सय ३३ मत प्राप्त गर्नु भएको छ । 

चन्दननाथ नगरपालिकामा नेपाली काँग्रेसले आफूलाई टिकट नदिएको भन्दै कठायत पार्टीले नेपाली काँग्रेसको महासमिति सदस्यबाट राजिनामा दिई स्वतन्त्र उम्मेदवार दर्ता गराएका थिए । कठायतले नेकपा एकिकृत समाजवदी र राप्रपासँग गठबन्धन गरेका थिए ।

यसैगरी, नेकपा माओवादी केन्द्र र अन्य दलहरुको लोकप्रिय मत लिएर स्वतन्त्र उम्मेदवार कठायत विजयी भएका छन् ।