• १३ साउन २०८१, आइतबार

भक्तपुर चाँगुनारायण प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

blog

भक्तपुर, जेठ ४ गते । भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका जीवन खत्री नौ हजार ५५० मतसहित विजयी हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा एमालेका  रमेश बुढाथोकी ११ हजार १०७ मतसहित निर्वाचित हुनुभयो । 

जिल्ला निर्वाचन कार्यालयकाअनुसार प्रमुखमा निकटतम प्रतिद्वन्द्वी एमालेका बिना बाँस्तोलाले नौ हजार १६० मत ल्याउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र प्रताप शाले आठ हजार ६७, नेपाल मजदुर किसान पार्टीका केशवप्रसाद तिमिल्सिनाले तीन हजार २६७, नेकपा माओवादी केन्द्रका नरेश खड्काले ८८६ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा विजयी एमालेका बुढाथोकीको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुभ्रदा काफ्लेले नौ हजार ७६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा राप्रपाकी मन्जु कार्कीले छ हजार ८६, नेमकिपाकी कल्पना लामाले तीन हजार ३७४, माओवादी केन्द्रकी चण्डिका पाण्डेले ७९८ मत ल्याउनुभएको छ ।

काँग्रेसका तर्फबाट चाँगुनारायणमा–१ वडाअध्यक्षमा काँग्रेसका सिजन कार्की,  २ मा सोमप्रसाद प्रधान, ५ मा जयन्द्र खड्का र वडा ८ मा जनक खत्री निर्वाचित हुनुभयो । 

एमालेका तर्फबाट वडा नंं ३ अध्यक्षमा श्यामसुन्दर धिमाल, ४ मा रोजबहादुर तामाङ निर्वाचित हुनुभयो । राप्रपाबाट वडा ६ मा धनबहादुर लामा र ७ मा श्याम कृष्ण नयांजु र वडा ९ को अध्यक्षमा नेमकिपाका गणेश त्यान निर्वाचित हुनुभएको छ ।