• १६ असार २०८१, आइतबार

अदानचुुलीमा गठबन्धनबाट सिंह र रोकाया विजयी

blog

राजन रावत

हुुम्ला, जेठ ४ गते । अदानचुली गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष नेकपा माओवादी केन्द्रका कर्ण रोकाया निर्वाचित हुनुुभएको छ । उहाँहरु दुुवै गठबन्धन दलका तर्फबाट विजयी हुनुु भएको हो ।

कांग्रेसका जिल्ला सभापति समेत रहेका सिंहले एक हजार ९६८ मत ल्याएर विजयी हुनुु भएको हो । उहाँका निकतटम प्रतिद्वन्द्वीमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरा एक हजार ३२९ मत ल्याएको मतदान अधिकृत यमप्रसाद बाँस्कोटाले जानकारी दिनुुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण रोकायाले एक हजार ९९६ मत ल्याएर विजयी हुनुु भएको छ भने निकटतम प्रतिद्वन्द्वीमा कांग्रेस बागी उम्मेदवार (स्वतन्त्र) लोकेन्द्र भण्डारीले एक हजार छ मत प्राप्त गर्नु भएको छ ।

एमालेको गढ भनेर चिनीएको अदानचुलीमा पहिलो पटक एमाले पराजित भएको हो । निवर्तमान गाउँपालिका अध्यक्ष फडेराले ६३९ मतान्तरले  गठबन्धनबाट पराजित  हुनुु भएको हो । 

छ वटा वडा रहेको अदानचुली गाउँपालिकामा ४ वडामा नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीले एक–एक वडामा वडा अध्यक्षमा विजयी भएका छन् । माओवादी केन्द्रको तर्फबाटं १ मा अक महतारा, ३ मा डिलबहादुर फडेरा, ४ मा मनऋषि पाण्डे, ६ मा वृखबहादुर बुढाको प्यानल विजयी भएका छन् भने वडा नं २ मा एमालेका नन्द महतारा र वडा नं ५ एकीकृत समाजवादीका कमल छत्यालको प्यानल विजयी भएका छन् ।