• १३ साउन २०८१, आइतबार

गठबन्धनलाई पराजित गर्दै दोस्राे पटक एमाले विजयी

blog

प्रतीक शर्मा

सल्यान,  जेठ ४ गते । कालिमाटी गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ । गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका दानबहादुर केसी अध्यक्ष र सहनशिलता वली उपाध्यक्ष विजयी हुनुभएको छ । एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई ६२० मतले पछि पार्दै एमालेका केसी निर्वाचित हुनुभएको हो ।

केसीले ३ हजार ७४१ मत प्राप्त गर्दै दोस्रो पटक निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराईले ३ हजार १२९ मत प्राप्त गर्नुभएको हो ।

उपाध्यक्षमा पनि एमालेकै सनसिल्ता ओली डिसी दोस्रो पटक निर्वाचित हुनुभएको छ ।  ३ हजार ५३५ मत प्राप्त गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका ज्ञानेन्द्रबहादुर खत्रीले २ हजार ९०६ मत प्राप्त गर्नुभएको हो । २०७४ को चुनावमा पनि खत्री र ओली डिसी नै निर्वाचित हुनुभएको हो ।