• १३ साउन २०८१, आइतबार

जुगलमा गठबन्धनका रेशम र हिमाल विजयी

blog

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको अध्यक्षमा निर्वाचित रेशम स्याङ्बो र हिमाल श्रेष्ठ । तस्विरः चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ४ गते । जुगल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का रेशम स्याङ्बो र नेपाली कांग्रेसका हिमाल श्रेष्ठ विजयी भएका छन् । 

उक्त गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भई नेकपा एमालेसँग निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । एकिकृत समाजवादीका उम्मेदवार स्याङ्बोले पाँच हजार ५७२ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिदन्द्धी एमालेका जयबहादुर लामाले चार हजार ४१५ मत ल्याउनु भएको छ ।

गठबन्धनका उपाध्यक्ष उम्मेदवार हिमाल कुमार श्रेष्ठले चार हजार ७६८ मत ल्याई विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिदन्द्धी एमालेकी सुनिता थापा लामाले तीन हजार ७०७ मत ल्याई पराजित हुनु भएको छ ।

Author

चित्र मिजार