• ५ मंसिर २०८१, बुधबार

जोखिम मोलेर झोलुङ्गे पुल तर्दै विद्यार्थी

blog

रामेछाप, मंसिर ४ गते । गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ६ चैनपुर जोड्ने पुछिघाटको झोलुङ्गे पुलबाट जोखिम मोलेर सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा पढ्न आउँदै विद्यार्थी । 

कक्षा ६ देखि १२ सम्म अध्ययनरत २८ जना विद्यार्थी  र पाकेको धानबाली भित्र्याउन किसान पनि यो पुलबाट दैनिक आवत जावत गर्न बाध्य छन् । तस्बिरः  रमेश ढुंगेल, रासस