शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, मंसिर ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ नागीमा मङ्गलबार बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामग्री नष्ट गरिँदै । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा ७ र ८ नम्बर वडाका ३६ वटा पसल अनुगमनका क्रममा भेटिएको करिब रु ५१ हजार ९४० बराबरको म्याद नाघेका सामग्री नष्ट गरिएको हो । तस्बिरः सन्तोष गौतम, रासस