गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ३ गते । अभिनेतृ अञ्जना बराइली चलचित्र ‘डोरी’ मा अनुबन्ध हुनुभएको छ । प्रमुख भूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘महापुरुष’, दोस्रो चलचित्र ‘पुजार सार्की’ पछि ‘पूर्णबहादुरको सारङ्गी’ बाट व्यापक तारिफ पाउनुभएकी अञ्जनाले ‘डोरी’ मा पनि प्रमुख भूमिकामा अभिनय गर्ने निर्देशक अरुण लामाले बताउनुभयो ।
अञ्जनासँगै चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध हुनुभएको छ । जी सेभेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्रसिंह कुशवाहाले पनि अभिनय गर्नुहुने छ ।
चलचित्रको कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले बताउनुभयो । उहाँका अनुसार चलचित्रमा हाँसो, त्रास र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ ।