• २८ पुस २०८१, आइतबार

कांग्रेसको सय दिने अभियान चितवनमा सुरु

blog

नेपाली कांग्रेसले सुरु गरेको सय दिन अभियान चितवनमा सुरु । तस्बिर :वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, मङ्सिर १  गते ।
 नेपाली कांग्रेसले सुरु गरेको सय दिन अभियान चितवनमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार चितवनमा शनिबार पत्रकार सम्मेलन गरेर अभियान सुरु भएको हो ।

अभियानअन्तर्गत जिल्ला भरी नै विविध कार्यक्रमहरू गरी जनस्तरमा कांग्रेस पुग्ने र उनीहरूका दुःख मर्का बुझ्ने काम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अभियानका क्रममा चितवन आइपुग्नु भएका केन्द्रीय प्रतिनिधि कांग्रेस नेता मधु आचार्यले लोकतन्त्रलाई बलियो बनाउन नागरिक समाज सक्रिय हुन जरुरी रहेको बताउनुभयो ।

“सहिलाई सही र गलतलाई गलत भनेर नागरिक समाज सक्रिय भएन भने यसले लोकतन्त्रलाई अप्ठ्यारोमा पार्छ’’, उहाँले भन्नुभयो ।

उहाँले अभियानका क्रममा जनस्तरबाट उठेका सवालहरूलाई पार्टीले आफ्नो मुद्दा बनाएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले कांग्रेसको सङ्गठनका गतिविधि चलायमान गराउनु नै अभियानको  मुख्य उद्देश्य भएको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी भित्र देखिएका असन्तुष्टिहरूलाई पनि अभियानले सम्बोधन गर्ने बताउनुभयो । अभियानमा जिल्ला, नगर र वडा स्तरमै विभिन्न कार्यक्रम गर्ने पनि उहाँले बताउनुभयो ।