काठमाडौं, कात्तिक २८ गते । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार दिउँसो बयान लिएको छ ।
सीआईबीका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि साढे पाँच बजेसम्म गुरुङका बारेमा उठेका प्रश्नहरुको बयान कागज गरिएको छ ।
प्रवक्ता बोगटीले भन्नुभयो, “आज १२ बजेदेखि साढे ५ बजेसम्म कागज गरेको हो । उहाँको बारेमा उठेका प्रश्नहरुको बयान कागज गरिएको छ ।”
कांग्रेस उपसभापति गुरुङ सहकारी ठगी प्रकरणमा विवादमा तानिनु भएको छ ।