• ५ मंसिर २०८१, बुधबार

कालीकोट दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

blog

कालीकोटको पलातामा दुर्घटना भएको बाेलेरो जिप।

रमेशकुमार बोगटी

कालीकोट, कात्तिक २५ गते। जिल्लाको पलाता गाउँपालिका जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ। दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दसकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको मृत्यु भएको हो। घटनास्थल विकट ठाउँमा भएकाले दुर्घटनाका मृतकको पहिचानका लागि समय लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन्। घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरी उपचार सुरु भएको प्रहरी नायब निरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो। गाडी सडकदेखि दुई सय सय मिटर तल खसेको छ। 

यो पनि पढ्नुहोस

पलातामा जिप दुर्घटना : छ जनाको मृत्यु, १३ घाइते