• १३ वैशाख २०८१, बिहिबार

क्याप्टेन विजय लामालाई पितृशोक

blog

कलाकार तथा पाइलट क्याप्टेन विजय लामाका पिता ।

काठमाडौं, जेठ २ गते । कलाकार तथा पाइलट क्याप्टेन विजय लामालाई पितृशोक परेको छ । आइतबार दिउँसो मनमोहन अस्पतालमा उहाँले अन्तिम सास लिएको लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

लामाका पिताको दुई हप्तादेखि मनमोहन अस्पतालको सिसियुमा उपचार भइरहेको थियो । लामाले फेसबुकमा बाबुछोराको फोटोसहित भावुक स्टाटस लेख्नुभएको छ । “मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरूसँगै भएकोमा आफूलााई भाग्यशाली ठान्दछु । तर के गर्नु आखिर मन त हो भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि,” लामाले लेख्नुभएको छ ।

सोमबार बुद्ध जयन्तीको दिन बौद्ध धर्म अनुसार अन्तिम संस्कार गरिनेसमेत लामाले जानकारी दिनुभएको छ ।