शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ २ गते । गायक राज के गोस्वामीले नयाँ गीत 'चाहिँदैन मलाई' सार्वजनिक गर्नुभएको छ । नेपाली टचको प्रस्तुतिमा तयार भएको यो गीतको म्युजिक भिडियोलाई गायक गोस्वामीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो।
गीतमा गायक धर्मेन्द्र सेवानको शब्द तथा संगीत रहेको छ । यस्तै, गीतलाई प्रज्वल लामाले संगीत संयोजन गर्नुभएको हो ।
भिडियो सार्वजनिक गर्दै गायक गोस्वामीले लेख्नुभएको छ, 'संगीत मेरो लागि आत्मसन्तुष्टि हो । एउटा तृप्त हुने कृति प्रस्तुत गर्न पाउँदा आनन्दित छु ।'
गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गर्नुभएको हो ।
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                