• १२ कात्तिक २०८१, सोमबार

'द जर्नी एण्ड अदर पोएम्स्'को विमोचन

blog

कृति विमोचन कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, कात्तिक १२ गते । वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपाल प्रसाद वश्यालले अंग्रेजी भाषामा लेखिएका कविताहरूको सँगालो ‘द जर्नी एण्ड अदर पोएम्स्’को विमोचन गर्नुभएको छ । आमाबुबाको चौरासीमा उपस्थित पाहुनाहरूले उहाँको कविता सङ्ग्रह विमोचन गर्नुभएको हो । 

विमोचन कार्यक्रममा कृतिकारका बुबाआमा, लुम्बिनी प्रदेश सभाका सदस्य वीरबहादुर राना, रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारी, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक भट्टराईले संयुक्त रुपमा कृति विमोचन गर्नुभयो । 

कृतिको विमोचन गर्नुहुँदै प्रदेशसभा सदस्य रानाले लेखक वश्यालले शिक्षा र साहित्यका क्षेत्रमा गरेको योगदान र नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुहुँदै सर्जकले समाजलाई असल बाटोमा लैजान मद्दत गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा साहित्य रचनागर्ने कविवश्यालले यस कृतिमा विभिन्न समयमा लेखिएका २७ वटा कविताहरू समावेश गर्नुभएको छ ।