जानु पाण्डे
कपिलवस्तु कार्तिक ८ गते । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्ध भूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।
बृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा दुर्घटना भएको थियो । बा प्र –०१–०२९च९१५० को स्र्कापियोले लु १ ह ३०९२ नम्बरको अटोलाई बैङ्क अगाडी ठक्कर दिएको थियो । दुर्घटनामा सोही नगरपालिका वडा नं। १० जनकपुर बस्ने वर्ष ७० सरस्वती पासीको घटना स्थलमा मृत्यु भएको छ । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोक बहादुर कुँवर र एक जना नाम नखुलेका पुरुष रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । थप उपचारको लागी बुटवल रेफर गरिएको छ ।