• १० मंसिर २०८१, सोमबार

किसानलाई अगौटे धान काट्न चटारो

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, कात्तिक ६ गते । तराईका जिल्लाहरूमध्ये अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई धान काट्न भ्याइनभ्याइ छ । दसैँ सकिएसँगै धान काट्न सुरु गरेका किसानहरूले तिहारअघि नै अगौटे धान थन्क्याउन व्यस्त छन् । अगौटे जातका धान असोज अन्तिमबाटै काट्न सुरु गरेको प्रकाशपुरका कृषक श्याम कटुवालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार किसानहरूले लगाएको बहुगुणी २, गङ्गासागर २, हर्दिनाथ ६, राम धान, सावित्री, साम्बा मलसुली सब १ र तरहरा २ जातको धान पाकेकाले काट्न सुरु भएको छ । 

यस वर्ष किसानले धान काट्नेबित्तिकै पानी परेकाले काटेको धान भिजेको छ । बराहक्षेत्र नगर कृषि शाखाका प्रविधिक नीरबहादुर राईका अनुसार सुनसरीमा भने गत वर्षको भन्दा धान उत्पादनमा वृद्धि भएको छ । धान रोपिसकेपछि समय समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने बताइएको छ । 

मौसमले साथ दिइरहेकाले सुनसरीका किसानहरू पनि पाकेको धान काटेर थे्रसर गर्न थालेका छन् । बराहक्षेत्र नगरपालिका १० का जगत कार्की पानी परेर धान बिग्रिने डरले अगौटे धान काट्न हतारो गरिरहेका छन् । उहाँले भन्नुभयो “फलेको धान पानीले बिग्रेला कि भने डरले काटेर पाँजा सुकाएको छु । खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भिœयाउन नदिने हो कि भन्ने पिर किसानलाई छ ।’’ 

“दसैँमा व्यस्त भएका किसानहरूलाई तिहार अगावै धान काटिसक्ने र तिहारलगत्तै उठाउने चटारो छ” बराहक्षेत्र ९ का कृषक प्रेमनारायण अधिकारीले भन्नुभयो । अहिले सुनसरीका खेतका फाँटहरूमा धान काट्ने, सुकाउने र थे्रसर गर्ने काममा किसानहरू व्यस्त हुँदै आएका छन् । तराई जिल्लाका किसानहरूको धान बाली भिœयाउने व्रmम मङ्सिर अन्तिमसम्म रहन्छ । 

किसानहरूले तिहारअघि नै धान काटिसके ढुक्कले तिहार मनाउन पाउने आशा गरेर पनि यतिबेला धान काट्ने चटारो गरिरहेका छन् । तराईका किसानहरूले राधाबाह्र, स्वर्णा सब, सावा सब, कान्छी मुसली, रञ्जित, राम धान, जिरा मसिना, बहुगुनी २, हर्दिनाथ ६, विवि ११, कालो बासमती, लल्का बासमतीलगायतका धानका जातहरू किसानहरूले लगाउँदै आएका छन् । 

यहाँ अधिकतर स्थानमा अगौटे धान काटिएको छ । जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा यस वर्ष ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । कोशी प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार ६४६ रहेको छ ।