• १० कात्तिक २०८१, शनिबार

‘यो मायालाई फकाउनु’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ६ गते । सम्राट किरण र प्रीति घिमिरेको स्वरमा ‘यो मायालाई फकाउनु’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द तथा शङ्कर थापा स्माइलको सङ्गीत रहेको गीतको भिडियोलाई प्रशान्त तामाङले निर्देशन गर्नुभएको छ । भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरीले अभिनय गर्नुभएको छ ।

नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्सन र एजी फिल्मस् अस्ट्रेलियासँगको सहकार्यमा निर्माण गरिएको भिडियो आइतबार सार्वजनिक गरिएको हो । भिडियोको सम्पादन विनोद बमले गर्नुभएको छ । गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।