• ३ कात्तिक २०८१, शनिबार

‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्याल पार्टीले शनिबार पोखरामा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिर : कृष्ण दवाडी/रासस

कास्की, कात्तिक ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरू विश्वस्त रहेको बताउनुभएको छ ।

सो पार्टीले शनिबार पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उहाँले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभयो । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा सहकारी पीडितका पक्षमा रहेको र दोषीलाई दिन नहुनेमा जोड दिनुभयो ।

यहाँस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न निजलाई शुक्रबार पक्राउ गरी यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।