• २ कात्तिक २०८१, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन

blog

राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्दै । तस्बिर : राष्ट्रपतिको सचिवालय

बाजुरा, कात्तिक १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ । 
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको हो ।

प्रसिद्ध धार्मिक स्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनका लागि भक्तजन आउने गर्दछन् । राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयेश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधबार अपराह्न सुर्खेत आइपुग्नुभएको थियो ।