• ३० असोज २०८१, बुधबार

मानिस धम्क्याउने एक नियन्त्रणमा

blog

भरुवा बन्दुकसहित पक्राउ परेको व्यक्ति । तस्बिर सौजन्य: जिप्रका कपिलवस्तु

नारद कोहार

तौलिहवा (कपिलवस्तु), असोज ३० गते । भरुवा बन्दुक देखाएर मानिसलाई धम्क्याउने एक जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका विजगौरीका २४ वर्षीय वीरेन्द्र घर्ती मगर रहेको बताउनुभयो । 

मगरले भरुवा बन्दुक लिई मानिस धम्क्याएको खबर प्रहरीलाई प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी मगरलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । शिवगढी मन्दिर जाने बाटोको जङ्गलमा बर्राको रुखको टोड्कोमा लाइसेन्स नभएको भरुवा बन्दुक १ नाल लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ । मगरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।