• ३० असोज २०८१, बुधबार

दसैँको सन्देश

blog

हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा 

भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।

ठूला साना सबैलाई दशैँ अत्यन्त राम्रो छ 

चलेका चाडमा यही ज्यादा उत्कृष्ट हाम्रो छ ।

कविशिरोमणि लेखनाथ पौड्यालले दसैँको महिमागान गर्नुभएको कविताको प्रस्तुत अंशले आमनेपालीको प्रमुख चाडका रूपमा दसैँलाई उजागर गरेको छ । ऋतुचव्रm अनुसार वर्षा ऋतुको समाप्तिपछि भित्रिएको शरद् ऋतुमा पर्ने अनेक चाडपर्वमध्ये दसैँ विशेष महìवको पर्व भएकै कारण ‘बडादसैँ’ पनि भनिँदै आएको हो । बर्खेबाली लगाइसकेपछि केही फुर्सदिलो समयमा आउने दसैँ पर्वमा दैवीशक्तिको उपासना, आत्मशुद्धि, पारिवारिक मिलन, मिठोमसिनो भोजन, रामरमाइलो, मान्यजनबाट आशीर्वचन ग्रहण गर्नेलगायतका कर्मले मानिसमा स्वाभाविक रूपमा सकारात्मक ऊर्जा प्राप्त हुने देखिन्छ । घटस्थापनादेखि प्रारम्भ भएर नौ दिनसम्म विभिन्न स्वरूपका देवीको उपासना गरिनुको धार्मिक महìवका साथै मातृशक्तिप्रति सम्मानभाव प्रकट गरिएको पनि हो ।

विजयादशमीमा मान्यजनको हातबाट टीका ग्रहण गरेर आशीर्वाद लिने परम्पराले नाता सम्बन्धमा गाढापन कायम राख्न मद्दत पुग्छ । स्थान विशेषमा कतै एक दिन मात्र टीका लगाउने र कतै कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने भिन्न परम्परा चलिआएको छ । यस वर्षको दसैँको पूर्वसन्ध्यामा देशले जनधनको ठुलो क्षति बहोर्नु प¥यो । मनसुनी प्रभाव लम्बिएकाले बाढीपहिरोको त्रास अझै हटिसकेको छैन । जनधनको क्षतिका कारण आमनेपालीको मन खुल्न सकेको छैन । आफन्त, छिमेकी तथा गाउँले बाढीपहिरो र डुबानमा परेर दुःख भोगिरहेको अवस्थामा आसपासमा उल्लासपूर्ण वातावरण बन्ने अवस्था नै भएन ।

बाटाघाटा सहज बनेका छैनन् । घुमाउरो बाटोको यात्रा असहज हुने नै भयो । कतिपय दुःखकष्ट झेलेरै घर, आफन्तसम्म पुगे भने कतिपयले हिम्मत गरेनन् । मुलुकभर एकसाथ आइपरेको विपत्तिको असर तत्काल बिर्सिन सकिने अवस्थाको छैन । सुरक्षित रहन सकियो भने अर्को वर्ष मनाऔँला भनेर चित्त बुझाएको पनि देखियो । दसैँमा विशेष रूपमा गुन्जिने मालश्री धुन, पन्चैबाजा, मादल, सारङ्गी र मुरलीलगायत बाजाका ताल र लयले पनि यस पटक अघिल्ला वर्षको जस्तो उमङ्ग पैदा गर्न सकेनन् । मन र प्रविधिले नजिक छँदै छौँ, टीका र आशीर्वाद भर्चुअल नै पनि लगाएर चित्त बुझाउन सकिन्छ । 

दसैँको धार्मिक तथा सांस्कृतिक महìव मात्र छैन, सामाजिक र आर्थिक महìव पनि उत्तिकै छ । विश्व नै एकाघर झैँ भएको छ । यतिबेला करिब एक करोड नेपाली अनेक पेसा, व्यवसाय, अध्ययनलगायतमा विदेशमा रहेबसेका विभिन्न आँकडाले देखाएका छन् । नेपालीभाषी विदेशीमाझ पनि दसैँ उत्तिकै लोकप्रिय पर्वका रूपमा रहेको छ । नेपाली जुन जुन देशमा पुगेका भए पनि आफ्नो संस्कृति, परम्परा र चाडपर्व पनि सँगै लिएर गएका छन् । नेपाली संस्कृति र परम्पराले विश्वमा फैलिने अवसर पाएको छ । विदेशमा हुनेले यताका परिवारलाई दसैँ मान्ने खर्च पठाइदिने हुँदा विप्रेषण आप्रवाह बढेर अर्थतन्त्रमा टेको थपिएको अनुभव पनि हुन्छ । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन दसैँले थोरै भए पनि मद्दत गरेको छ । यातायात, बजार र बैङ्किङ कारोबारमा वृद्धि हुँदा समग्र अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने आर्थिक विश्लेषकको बुझाइ छ ।  

विजयादशमी अर्थात् दसैँ असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजय, आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाइने पर्व हो । मार्कण्डेय पुराणमा आधारित दुर्गा सप्तशती चण्डीमा दुर्गा भवानीले आसुरी शक्तिलाई परास्त गरी मानव समुदाय तथा देवताको कल्याण गरेको वर्णन पाइन्छ । यद्यपि आसुरी शक्ति हामीभित्रै भएकाले मन र इन्द्रियलाई नियन्त्रणमा राखेर आसुरी शक्ति त्याग्नुपर्ने सन्देश शक्ति स्वरूपाको उपासनाबाट प्रवाह भएको अनुभूत हुन्छ ।  

सानाठुला, गरिबधनी, स्वदेशविदेश जहाँ भए पनि आमनेपालीले आआफ्नो गच्छे अनुसार मनाउने दसैँ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ । दसैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गर्दै आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्‍भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पु-याउने राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभएको छ । विशिष्ट व्यक्तिको शुभकामनामा पनि दसैँको महìव एवं सकारात्मक सन्देश व्यक्त गरिएको पाइन्छ । बडादसैँको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना ।