• १९ असोज २०८१, शनिबार

पन्थलाई घिमिरे पुरस्कार

blog

तानसेन (गोरखापत्र), असोज १८ गते । साहित्यकार डा. टङ्कप्रसाद पन्थलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्रदान गरिएको छ । भित्रुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्रध्यापक पन्थलाई नवजागृति पुस्तकालय बुटवलले स्थापना गरेको सो पुरस्कार प्रदान गरिएको हो । 

पन्थले माधवप्रसाद घिमिरेको किन्नरकिन्नरी –गीत सङ्ग्रह) मा ध्वनि विधानमा विद्यावारिधि गर्नुभएको छ । पन्थका समय स्पर्श, पाल्पाली साइनो ढुकढुकीलगायतका कृति प्रसिद्ध रहेका छन् । डा. पन्थले आफूलाई पुरस्कारका लागि योग्य मानेर छनोट गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दु महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले माधवप्रसाद घिमिरेको राष्ट्रप्रेमलाई सबैले अनुुसरण गर्नुपर्ने बताउनुभयो ।