तम्घास, असोज १८ गते । चाडपर्व नजिकिँदै गर्दा बजारमा म्याद नाघेका खाद्यवस्तु बिक्री हुने र कृत्रिम अभाव देखाई कालोबजारीसमेत हुने भन्दै बजार अनुगमन गरिन्छ तर अनुगमन गरे पनि कारबाही गरेको पाइँदैन ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मी र जिल्ला प्रशासन कार्यालय गुल्मीले चाडपर्वलक्षित जिल्लाका करिब चार सय पसलमा अनुगमन गरेको छ । अनुगमनका व्रmममा मापदण्डविपरीत चलेका पसललाई सुधार गर्न भन्दै सचेत गराउने र दोस्रो पटक अनुगमनमा आउँदा सुधार नभए कारबाही गर्ने भन्दै चेतावनी दिइन्छ । चाडपर्व सकिएपछि पुनः अनुगमनमा पनि नजाने, सुधार भए÷नभएकोबारे जानकारी नलिँदा झारा टार्ने र देखावटी मात्रैको अनुगमन गर्दै आएको पुष्टि भएको उपभोक्तावादी बताउँछन् ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले चाडपर्वलक्षित अनुगमन कर्मकाण्डी मात्रै भएको बताउनुभयो । बजार अनुगमनका व्रmममा मापदण्डविपरीत चलेका पसललाई कारबाही नगरिनु र सचेत मात्रै गराइनुले सुधार हुनेमा शङ्का नै उत्पन्न हुने उहाँको तर्क छ । बजार अनुगमन तिनै तहका सरकारले गर्ने गरे पनि उनीहरूबिच समन्वयको अभाव भएको र नागरिकमैत्री अनुगमन नभएको उहाँले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले कारबाहीभन्दा पनि सचेत गराउने गरेको र कारबाही भने नगरेको स्वीकार गर्नुभयो । उहाँहरूलाई सचेत गराउने र दर्ता गर्नका लागि अनुरोध गर्दै सात दिनको समयावधि दिइने गरेको उहाँको भनाइ छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अहिले सुधार गर्नका लागि दिइएको सुझाव अनुसार सुधार नभएमा कारबाही नै हुने बताउनुभयो ।