• ६ पुस २०८१, शनिबार

बागमती प्रदेश सभाको चालु अधिवेशन आजबाट अन्त्य हुने

blog

मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिनुहुँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, वैशाख १६ गते ।
बागमती प्रदेशको प्रदेश सभाको वर्षे अधिवेशनको रुपमा चालू अधिवेशन अन्त्य गरिएको छ ।बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु अधिवेशन बुधबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सभाको चालु अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । उहाँले बैठकबाट प्रदेश सभाको बैठक अन्त्य गर्नेसम्बन्धी मात्र निर्णयभएको बताउनुभयो ।

बागमती प्रदेशको प्रदेश सभाको चौथो अधिवेशन गत वैशाख १ गतेबाट सुरुभएको थियो । मन्त्री परिषद्को सिफारिशमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ ।