• १३ असोज २०८१, आइतबार

सर्वदलीय बैठक सुरु

blog

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको सर्वदलीय बैठक । तस्बिर : कार्यवाहक प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असोज १३ गते । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु भएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।

बैठकमा विपद्पछिको परिस्थितिलगायतका विषयमा छलफल हुने कार्यवाहक प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरु सहभागी हुनुहुन्छ ।