• ११ असोज २०८१, शुक्रबार

कोशी ब्यारेजबाट सप्तकोशीमा बस खस्यो : सबै यात्रुको उद्धार

blog

कोशीमा खसेको बस। तस्बिर सौजन्य : निकाल आलम ।

जयकृष्ण यादव

इनरुवा, असोज १० गते। सप्तकोशी नदीमाथि बनेको कोशी ब्यारेजबाट यात्रु बस खसेको छ। पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार साँझ बस नदीमा खसेको हो। 

विराटनगरबाट पश्चिम गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस कोशी ब्यारेजको पुल दक्षिणतर्फ खसेको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायातको बस बिहीबार साँझ कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको हो। 

बसमा २० जना सवार रहेकोमा सबै यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बस भने कोशी नदीमै छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो।