• ११ असोज २०८१, शुक्रबार

गण्डक ब्यारेज पुलमा शव फेला

blog

बोमलाल गिरी
नवलपुर, असोज ४ गते ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ को नारायणी नदीको गण्डक ब्यारेज पुलमा एक जनाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार शुक्रबार ब्यारेज पुल गण्डक नदीको २४ नम्बर ढोकामा घोप्टो अवस्थामा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।

मृतक पुरुषको नाम, ठेगाना नखुलेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिएको प्रहरीको भनाइ छ ।