• १ असोज २०८१, मङ्गलबार

अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्ने

blog

काबुल, भदौ ३१ गते । अफगानिस्तानको तालिबान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले सोमबार जनाएका छन् ।

मन्त्रालयका उपप्रमुख मावली अब्दुल खालिक सादिकले परीक्षार्थीको परीक्षा प्रक्रियामा पारदर्शिता सुनिश्चित गरिने र परीक्षामा उत्तीर्ण हुने जो कोहीलाई पनि बिना पूर्वाग्रह काममा लगाइने बताउनुभयो ।

फगानिस्तानका सरकारी तथा निजी विद्यालयमा हाल एक करोडभन्दा बढी बालबालिका अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ । प्रतिवेदनमा बालिकाले कक्षा सात भन्दा माथिको शिक्षालाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने उल्लेख गरिएको छैन ।

अफगानिस्तानको कामचलाउ सरकार गठनको केही समयपछि जारी गरेको प्रतिबन्धात्मक प्रावधान अनुसार ‘अर्को सूचना जारी नभएसम्म’का लागि छात्राहरू कक्षा सातभन्दा माथिका कक्षामा उपस्थित भई पठनपाठन गर्न पाउँदैनन् । रासस/एएफपी