• २१ पुस २०८१, आइतबार

भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत

blog

तस्बिर : सिन्हुआ

नयाँ दिल्ली, भदाै ३० गते । भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत छ । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्टमा भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत पुगेकाे हाे ।

यो झन्डै पाँच वर्षमा दोस्रो पटक हो जब समग्र खुद्रा मुद्रास्फीति केन्द्रिय बैंकको मुद्रास्फीति लक्ष्य ४ प्रतिशतभन्दा तल झरेको थियो । ग्रामीण र सहरीहरूको लागि समान मुद्रास्फीति दर क्रमशः ४.१६ प्रतिशत र ३.१४ प्रतिशत छ । 

मुद्रास्फीतिमा गिरावट मसला, मासु र माछा र दाल तथा उत्पादनहरू आदि उपसमूहहरूमा परेको छ । तथ्याङ्क अनुसार भदौमा तरकारीको मूल्य १०.७१ प्रतिशतले बढेको छ भने दालको मूल्य १३.६० प्रतिशतले बढेको छ ।