• १० मंसिर २०८१, सोमबार

प्रेमा लामगाढे बनिन् मिस विभा

blog

काठमाडौँ, भदौ २७ गते । मिस विभा २०२४ को ताज प्रेमा लामगाढेले हात पार्नुभयो । उमङ्ग क्रिएसनद्वारा आयोजित उक्त प्रतियोगिता बुधवार सम्पन्न भएको थियो । अन्तिम पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमाले ताज पार्नुभएको हो । 

प्रतियोगितामा अस्मिता शाह, डा. काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्का, रिसा शाक्य , प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, मञ्जु केसी, सुधिरा यादव, जेनिता सेन्चुरी सहभागी रहनुभएको थियो । 

विजेताले कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउनेछ । मिस ग्राण्डको फाइनल २५ कात्तिक ९ गते कम्बोडियामा  हुनेछ ।