• ११ मंसिर २०८१, मङ्गलबार

जनताको समस्या नेताको पनि हो : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ २४ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरूको समस्या भएको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सर्वोच्चको सो फैसलाले आम नागरिकहरूमा ठुलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताउनुभयो । उहाँले जनताका आँखामा आँसु बहेको आफूहरूले देख्न नसक्ने बताउनुभयो ।

उहाँले आफूहरूले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको जानकारी दिनुभयो । कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बेलामा ठुलाठुला निर्णयहरू गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरूको खुट्टा काँप्न थालेको बताउनुभयो । 

अध्यक्ष नेपालले संसद्को माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताउनुभयो ।