• २२ भदौ २०८१, शनिबार

बिपी शीर्ष नायक (कविता)

blog

साहसिक दूरदर्शी शक्तिपुञ्ज बिपी हौ

नेपालका सपुत हौँ निरङ्कुश फाल्दियौँ ।

प्रजातन्त्र ल्याइछाडयौ निडर भइ लडेर

सहिद स्वप्न पूरा गर्‍यौ देश विकास गरेर ।।

बिहानको झुल्केघाम राति लाग्ने जुन हौ

जनताको आवाजमा शक्ति भर्ने धुन हौ ।

सगरमाथासरि उच्च छन विचार शिखर

अन्तर्राष्ट्रिय मित्रतामा शालिन र प्रखर ।।

झुपडीका जनताका बिपी शिक्षा कलम

विभेदमा पिल्सिएका जन रक्षा मलम ।

जनभाव बुझिलिने शीर्ष नेता बिपी हौ

नागरिक स्वतन्त्रता हक दिने तिमी हौ ।।

जननिर्वाचित नेता संसदीय पद्धति

लोकतन्त्र, समाजवाद, समावेशी हो नीति ।

ऐतिहासिक मेलमिलाप जनहित दायक

अग्रगामी राष्ट्र हाम्रो, बिपी शीर्ष नायक ।।